कोरोनाको दोस्रो लहर: १४ जिल्लामा बढी, बालबालिका विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहरमा हाल १४ जिल्ला बढी प्रभावित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, चितवन, कैलाली, मोरङ, कास्की, रुपन्देही, बाग्लुङ लगायतका १४ जिल्लामा कोरोना संक्रमण बढी देखिएको भन्दै यी जिल्लाका विद्यालय अविलम्ब बन्द गर्नुपर्ने जनाएको छ । मन्त्रालयले आज सचिव स्तरीय निर्णय गर्दै अभिभावक आफै सचेत भएर यी प्रभावित जिल्लामा बालबालिका विद्यालय नपठाउन आग्रह गरेको हो ।
यसअघि स्वास्थ्य मन्त्रालयले मुख्य शहरहरुमा कोरोना संक्रमण देखिएकाले यी शहरका विद्यालय एक महिनाका लागि बन्द गर्नुपर्ने भन्दै सीसीएमसीलई सिफारिस गरेको भए पनि शिक्षा मन्त्रालयले अटेरी गरिंदिंदा सो प्रस्ताव पास हुन सकेको छैन्। स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीले समेत विद्यालय बन्द नगर्ने हो भने स्थिति भयावह हुनसक्छ भनेर स्वास्थ्य पत्रकारहरुसँगको साक्षात्कारमा भनिसकेका छन्। जनस्वास्थ्यका विज्ञहरुले त विद्यालय बन्द नगर्दा देखिने जटिलताको चेतावनी समेत दिंदै आइरहेका छन्। तर लाइन मिनिष्ट्रीका रुपमा रहेको शिक्षा मन्त्रालय भने यस विषयमा चुपचाप बसिरहेको छ ।
नेपालमा पछिल्लो समय कम उमेरका बालबालिका तथा युवा वर्गमा बढी संक्रमण देखिएको छ । यसभन्दा अघि कोरोना संक्रमण बालबालिकामा खासै देखिएको थिएन भने विज्ञहरुले पनि बालबालिका जोखिममा नरहेको जनाएका थिए । तर यसपटक कोरोनाले रुप परिवर्तन गरी नयाँ भेरियन्टको रुपमा आएका कारण बालबालिका बढी संक्रमित भइरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण