पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ५६४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४४ जनामा कोराना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा देशका विभिन्न भागमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ । उता कोरोनाको आशंकामा क्वारेन्टाइमा रहनेको संख्या ६८ रहेको छ ।
हाल देशभर ४ हजार ३८४ सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा