नेपालमा पनि भेटियो ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा देखिएको भनिएको डबल म्युटेन्टवाला कोरोना भाइरस नेपालमा पनि पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमण फैलिन थालेपछि जनवरी महिनाको पहिलो सातामा संक्रमितको नमुना संकलन गरेर हङकङ पठाइएका १५ नमुनामध्ये एक व्यक्तिमा डबल म्युटेन्ट कोरोना पुष्टि भएको जनाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा पनि डबल म्युटेन्ट कोरोना प्रमाणित भइसकेको बताए । उनले भने,’हामीले जिन सिक्वेन्सिङका लागि हङकङ पठाएको ‘एसजीन नेगेटिभ’ १० र ‘एसजीन पोजेटिभ’ ५ वटा नुमनामध्ये एक जनामा डबल म्युटेन्ट कोरोना प्रमाणित भएको हो ।
यसरी कोरोनाको डबल म्युटेन्ट भाइरस पुष्टि हुने व्यक्ति ललितपुरका बासिन्दा हुन्। उता एसजीन नेगेटिभ देखिएका १० संक्रमितमध्ये ९ जनामा युके भेरियन्ट कोरोना प्रमाणित भएको पनि उनले जानकारी दिए ।
यसले के देखाउँछ भने नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरस फैलिसकेको छ उनले थपे । युके भेरियन्टको संक्रमणमा पर्नेहरु अहिले धेरै जसो बालबालिका तथा युवा समूहका बढी रहेका छन्। डा पौडेलले नेपालमा कोरोनाको नयाँ प्रकार तीब्र रुपमा फैलिरहेको र यो पहिलेको भन्दा बढी संक्रामक भएकाले विशेष ख्याल गर्नुपर्ने बताए ।
भारतमा विभिन्न शहरमा डबल म्युटेन्ट कोरोना संक्रमण पुष्टि भएको भए पनि नेपालमा पहिलोपटक एक जनामा यस्तो संक्रमण पुष्टि भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा