Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पनि भेटियो ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस

नेपालमा पनि भेटियो ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा देखिएको भनिएको डबल म्युटेन्टवाला कोरोना भाइरस नेपालमा पनि पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमण फैलिन थालेपछि जनवरी महिनाको पहिलो सातामा संक्रमितको नमुना संकलन गरेर हङकङ पठाइएका १५ नमुनामध्ये एक व्यक्तिमा डबल म्युटेन्ट कोरोना पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा पनि डबल म्युटेन्ट कोरोना प्रमाणित भइसकेको बताए । उनले भने,’हामीले जिन सिक्वेन्सिङका लागि हङकङ पठाएको ‘एसजीन नेगेटिभ’ १० र ‘एसजीन पोजेटिभ’ ५ वटा नुमनामध्ये एक जनामा डबल म्युटेन्ट कोरोना प्रमाणित भएको हो ।

यसरी कोरोनाको डबल म्युटेन्ट भाइरस पुष्टि हुने व्यक्ति ललितपुरका बासिन्दा हुन्। उता एसजीन नेगेटिभ देखिएका १० संक्रमितमध्ये ९ जनामा युके भेरियन्ट कोरोना प्रमाणित भएको पनि उनले जानकारी दिए ।

यसले के देखाउँछ भने नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरस फैलिसकेको छ उनले थपे । युके भेरियन्टको संक्रमणमा पर्नेहरु अहिले धेरै जसो बालबालिका तथा युवा समूहका बढी रहेका छन्। डा पौडेलले नेपालमा कोरोनाको नयाँ प्रकार तीब्र रुपमा फैलिरहेको र यो पहिलेको भन्दा बढी संक्रामक भएकाले विशेष ख्याल गर्नुपर्ने बताए ।

भारतमा विभिन्न शहरमा डबल म्युटेन्ट कोरोना संक्रमण पुष्टि भएको भए पनि नेपालमा पहिलोपटक एक जनामा यस्तो संक्रमण पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार