Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा बढ्दो कोरोना महामारी : एकैदिन २ लाखभन्दा बढी संक्रमित थपिए

भारतमा बढ्दो कोरोना महामारी : एकैदिन २ लाखभन्दा बढी संक्रमित थपिए

हेल्थ टिभी अनलाइन : भारतमा कोरोनाको महामारी यतिबेला नियन्त्रण बाहिर गएको छ ।

वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा सबै रेकर्ड तोड्दै एकैदिन २ लाख ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १ हजार ३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार ५६४ पुगेको छ । हाल देशभर १४ लाख ७१ हजार ८७७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ । हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको कोरोनबाट मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म २६करोड भन्दा बढीलाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप समाचार