भारतमा बढ्दो कोरोना महामारी : एकैदिन २ लाखभन्दा बढी संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा कोरोनाको महामारी यतिबेला नियन्त्रण बाहिर गएको छ ।
वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा सबै रेकर्ड तोड्दै एकैदिन २ लाख ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १ हजार ३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार ५६४ पुगेको छ । हाल देशभर १४ लाख ७१ हजार ८७७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ । हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको कोरोनबाट मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म २६करोड भन्दा बढीलाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा