भारतमा एकैदिन १ लाख ८५ हजार नयाँ संक्रमित थपिए, १ हजारभन्दा बढीको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा यतिबेला कोरोना संक्रमण नियन्त्रणबाहिर गएको छ । प्रत्येक दिन कोरोना संक्रमित र मृत्यु हुनेको संख्या पनि तीब्र रुपमा बढिरहेको पाइन्छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमति थपिएका छन्। उता गत २४ घण्टामा १ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १३ लाख बढी पुगेको छ । पछिल्लो समय सिकिस्त संक्रमितले समेत अस्पतालमा बेड पाउन छोडेपछि अस्थायी अस्पताल बनाउने काम पनि सरकारले तीब्र पारेको छ ।
केही दिन यता भारतमा दैनिक रुपमा डेढ लाख भन्दा बढी संक्रमित फेला पर्दै आएका छन्। हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३८ लाख भन्दा बढी पुगिसकेको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा