Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री त्रिपाठीले भने- स्थिति भयावह हुँदैछ, दैनिक ११ हजार संक्रमित थपिन सक्छन्

स्वास्थ्यमन्त्री त्रिपाठीले भने- स्थिति भयावह हुँदैछ, दैनिक ११ हजार संक्रमित थपिन सक्छन्

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले यही रुपमा कोरोना संक्रमण बढेमा नेपालमा कोरोनाको भयावह स्थिति आउनसक्ने बताएका छन्। आज स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले पछिल्लो समय कोरोना कम उमेरका समूहमा देखिएको र यसले जटिलता पनि बढी निम्त्याएको भन्दै सबैलाई सचेत हुन आग्रह समेत गरे ।

मन्त्री त्रिपाठीले जेठ असारसम्म दैनिक रुपमा ११ हजारसम्म कोरोना संक्रमित थपिनसक्ने र कुल कोरोना संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको जिकीर गरे । उनले भने, ‘यसपटकको कोरोना संक्रमणको गति र जटिलता हेर्दा पहिलेको भन्दा बढी संक्रामक देखिएको छ । यही रफ्तारमा संक्रमण बढेमा जेठ असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्छन्।’

मन्त्री त्रिपाठीले पछिल्लो समय राजनितीक दलका विभिन्न सभा, सम्मेलन एवं भेलाले कोरोना संक्रमण बढाउन सहयोग पुर्याएको भन्दै यस्ता कार्यक्रम नगरिदिन मन्त्रालयले बारम्बार अनुरोध गर्दै आएको समेत जिकीर गरे । उनले कोरोनाको खोप १८ वर्ष मूनिकालाई नबनेको अवस्था र अहिले १८ वर्ष मूनिका बालबालिका संक्रमित हुनु गम्भीर विषय बनेको समेत बताए ।

उनले भारतबाट आउने नेपालीहरुलाई सीमामा रोक्न नसकिने हुँदा यसले नेपालमा संक्रमणको दोस्रो लहर आउने पक्का जस्तै भएको र त्यसका लागि सरकारले तयारी पनि गरिरहेको जनाए । उनले भने, ‘यो सरकारले मात्र गरेर हुने कुरा होइन रहेछ सर्वसाधारणले पनि मास्कको प्रयोग गर्ने , भिडभाडमा नजाने, हात सफा गरिरहने काम गर्नैपर्छ । यी काम सबैले नगरेसम्म कोरोना नियन्त्रण हुनसक्दैन उनले थपे ।’

भारतमा कोरोना संक्रमण बढेसँगै केही दिन यता नेपालमा पनि कोरोना संक्रमतिको संख्या दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो पटक कोरोनको न्यू भेरियन्ट बालबालिकामा देखिन थालेपछि विज्ञहरुले स्कुल बन्द गर्नुपर्ने सल्लाह दिंदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार