आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु, ४९६ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको हो । दुई महिना अघिसम्म शुन्यमा झरेको मृत्युदर अहिले फेरी ह्वात्तै बढेको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । उता गत २४ घण्टामा थप ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा देशभर ५ हजार १०५जनाको पीसीआर परीक्षण गरिएको थियो । देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेर ३ हजार ३०६ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा दोस्रो लहरको कोरोना बढेसँगै नेपालमा पनि कोरोना संक्रमित थपिने क्रम बढेको छ भने मृत्युदर पनि बढ्न थालेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै