Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा कोरोनाको दोस्रो लहरमा किशोरकिशोरी तथा युवायुवती बढी संक्रमित हुन थालेपछि सरकारले शिक्षण संस्था बन्द गर्ने की भन्ने राय सुझाव लिइरहेको छ । यही विषयमा छलफल र राय लिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग आज एक कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधीहरुले अहिले नै विद्यालय बन्द गर्न नहुने बरु जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्दै विद्यालयको पठनपाठन गराउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले १० महिनासम्म विद्यालय बन्द हुँदा नीजि विद्यालय संचालकहरु मारमा परेको भन्दै फेरी पनि विद्यार्थी भर्ना गर्ने बेलामा बन्द गर्दा यसले उठ्नै नसक्ने गरी संस्था धरासायी हुने जनाएका हुन्।

उनीहरुले स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु भने अनिवार्य रुपमा पालना गरे नगरेको अनुगमन गर्न सकिने जनाए । नीजि विद्यालयहरुको संस्था प्याब्सन, एन प्याब्सन,अभिभावक संघ लगायतका संस्थाका प्रतिनिधीले बन्द अन्तिम विकल्प नभएको जिकीर गरेका थिए ।

यस विषयमा सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषदमा पेश गर्ने छन् । शिक्षा सचिव रामप्रसाद थपलियाले सबैको सुझाव -सल्लाह लिएर अघि बढ्ने जनाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा कोरोना संक्रमण बढेको भन्दै केही साताका लागि विद्यालय बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको थियो । सीसीएमसीले पनि सोही बमोजिम  मन्त्रीपरिषदमा सिफारिस गरेको भए पनि  यसबारे अझै छलफल चलाउन आवश्यक भएको भन्दै निर्णय हुन सकेको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन