बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमवार बिहान एकै दिन कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । केही दिन यता शुन्यमा झरेको मृत्युदर बढ्दै गएको छ ।
रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका गरी दुुई महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु भएको हो ।
उनीहरु ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएका थिए ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै