कोरोना कहर : महाराष्ट्रमा सिकिस्त संक्रमितलाई समेत आइसीयू पाउन मुश्किल
हेल्थ टिभी अनलाइन : यतिबेला भारतको महाराष्ट्र कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा परेको छ । देशभरका संक्रमितमध्ये झण्डै आधा संक्रमित महाराष्टमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महाराष्ट्रका अस्पतालहरुमा आइसीयू र भेन्टिलेटर पाउनै मुश्किल भएको बताइएको छ ।
महाराष्ट्रमा भएका आइसीयूमध्ये ७५ प्रतिशतभन्दा बढी आइसीयूमा कोरोना संक्रिमित रहेको र अन्य २५ प्रतिशत बेडमा मात्र अन्य दीर्घ र सिकिस्त रोग भएका बिरामी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले संक्रमित दैनिक रुपमा लाख भन्दा बढी देखिन थालेपछि सकेसम्म होम आइसोलेसनमा बस्न र गाह्रो परे मात्र अस्पताल आउन आग्रह गर्दै आएको छ । तर पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुमा बढी जटिलता देखिएपछि धेरै अस्पताल भर्ना भइरहेका छन्। जसका कारण महाराष्ट्रका अस्पतालमा अहिले सिकिस्त संक्रमित लगायत अन्य रोगका बिरामीलाई बेड तथा आइसीयू पाउनै मुश्किल परिरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण