काठमाडौं उपत्यकामा १५४ सहित ३६७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा १५४ जना सहित आज थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पीसीआर परीक्षण गर्दा ३०३ जना र एन्टिजेन परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । यीमध्ये २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको संख्या मृत्यु भएसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ । हाल देशभर २९ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा