नेपालमा कोरोना संक्रमण दर बढ्यो : परीक्षण बढेन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा केही दिन यता कोरोना संक्रमित थपिने क्रम बढे पनि पीसीआर परीक्षण भने बढेको छैन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै देशभरका ल्याबलाई तयारी अवस्थामा बस्न र परीक्षण बढाउन आग्रह गरेको भए पनि हालसम्म परीक्षण भने बढ्न सकेको छैन्। मन्त्रालयको तथ्यांक हेर्दा गत एक सातादेखि कोरोना परीक्षणको संख्या उस्तै नै देखिन्छ जबकी यो एक सातामा संक्रमण पुष्टि हुनेको संख्यामा भने भारी वृद्धि भएको छ ।
हाल पीसीआर गर्ने संख्या ३ हजार देखि ४ हजारको हाराहारीमा रहेको छ । जनस्वास्थ्य विज्ञहरू संक्रमणको दर बढिरहँदा पीसीआर परीक्षण बढाउनुपर्ने बताउँछन् । तर सरकारले प्रयोेगशालाको क्षमता अनुसार पनि परीक्षण बढाउन सकेको छैन्।
मन्त्रालयका अनुसार गत आइतबार ३ हजार ४५६ जनाको पीसीआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको थियो भने त्यही संख्याको हाराहारीमा हिजो अर्थात शनिबार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसले पनि संक्रमण बढ्दै गएको पुष्टि गरे पनि परीक्षणको दायरा नबढ्नु दुखद भएको विज्ञहरु बताउँछन्।
हाल देशभर ८४ वटा ल्याबबाट पीसीआर परीक्षण हुँदै आएको छ । ती मध्ये ४८ वटा सरकारी र ३६ वटा नीजि ल्याब रहेका छन्।
उता भारतबाट आउने नेपालीहरुमा पनि एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिने क्रम बढ्दै गएको छ । हाल देशभर २८ सय सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म २ लाख ७९ हजार ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ३९ जना संक्रमितले ज्यान गुमाएका छन्।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै