भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर : एकैदिन १ लाख ५२ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै आंशिंक रुपमा लकडाउन तथा थुप्रै बन्देजहरु लगाउँदा पनि संक्रमण दिन प्रतिदिन झनझन बढ्दो क्रममा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यसैगरी गत २४ घण्टामा ८३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
केही दिन यता भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।
अस्पतालहरुमा संक्रमित खचाखच रहेका छन् भने कयौं संक्रमितले बेड समेत पाइरहेका छैनन् । भारतमा अर्कोतर्फ कोरोना विरुद्धको खोप अभियान पनि जारी नै रहेको छ । हालसम्म १० करोडले कोरोना विरुद्धको खोप लिइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा