शनिबार ३३७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २८ सय पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमित थपिने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । उता गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ८४ रहेको छ भने हाल देशभर २८ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
गत २४ घण्टामा १५१ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा