Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शनिबार ३३७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २८ सय पुग्यो

शनिबार ३३७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २८ सय पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमित थपिने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । उता गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ८४ रहेको छ भने हाल देशभर २८ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
गत २४ घण्टामा १५१ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार