भेरी अस्पतालमा ६१ जनाको पीसीआर गर्दा २१ जनामा देखियो कोरोना
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेको भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा कोरोनाको आशंकामा ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित हुनेहरुमा नेपालगंजका १६ जना, कोहलपुरका २ जना, जानकी गाउँपालिकाका १ जना र बर्दियाका २ जना रहेका छन्।
बाँकेमा पछिल्लो समय शुन्यमा झरेको कोरोना संक्रमितको संख्या पुन: उकालो लागिरहेको अस्पतालले जनाएको छ । भारतसँग सीमा जोडिएको कारण पनि बाँके जिल्ला बढी जोखिममा परेको भन्दै जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिनेको एन्टिजेन परीक्षण हुँदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा