Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा ६१ जनाको पीसीआर गर्दा २१ जनामा देखियो कोरोना

भेरी अस्पतालमा ६१ जनाको पीसीआर गर्दा २१ जनामा देखियो कोरोना

हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेको भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार गत २४ घण्टामा कोरोनाको आशंकामा ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित हुनेहरुमा नेपालगंजका १६ जना, कोहलपुरका २ जना, जानकी गाउँपालिकाका १ जना र बर्दियाका २ जना रहेका छन्।

बाँकेमा पछिल्लो समय शुन्यमा झरेको कोरोना संक्रमितको संख्या पुन: उकालो लागिरहेको अस्पतालले जनाएको छ । भारतसँग सीमा जोडिएको कारण पनि बाँके जिल्ला बढी जोखिममा परेको भन्दै जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिनेको एन्टिजेन परीक्षण हुँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार