भारतमा एकैदिन १ लाख ४५ हजार बढी संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन १ लाख ४५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित थपिएका हुन्। यसैगरी मृत्यु हुनेको संख्या पनि भारतमा दिन प्रतिदिन बढिरहेको छ । गत २४ घण्टामा ७९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको जनाइएको छ ।
भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि आइसोलेसनमा सक्रिय कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । हालसम्म त्यहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उता सक्रिय संक्रमित १० लाख ४६ हजार ६३१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाकोे दोस्रो लहरले कहर मचाउन थालेपछि सरकारले कतै लकडाउन त कतै नाइट कफ्यू लगाएको छ तर पनि संक्रमित बढ्ने क्रम रोकिएको छैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा