Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा एकैदिन १ लाख ४५ हजार बढी संक्रमित थपिए

भारतमा एकैदिन १ लाख ४५ हजार बढी संक्रमित थपिए

हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन १ लाख ४५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित थपिएका हुन्। यसैगरी मृत्यु हुनेको संख्या पनि भारतमा दिन प्रतिदिन बढिरहेको छ । गत २४ घण्टामा ७९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको जनाइएको छ ।

भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि आइसोलेसनमा सक्रिय कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । हालसम्म त्यहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उता सक्रिय संक्रमित १० लाख ४६ हजार ६३१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाकोे दोस्रो लहरले कहर मचाउन थालेपछि सरकारले कतै लकडाउन त कतै नाइट कफ्यू लगाएको छ तर पनि संक्रमित बढ्ने क्रम रोकिएको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार