Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा गंगोल नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा गंगोल नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा राजेशनाथ गंगोललाई नियुक्त गरेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा गंगोललाई शुक्रवार उपकुलपतिमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा डा गंगोललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

प्रतिष्ठानको उपकुलपतिका लागि समितिले डा गंगोलसहित प्राडा अनिलकुमार मिश्र र प्राडा दानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार