पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा गंगोल नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा राजेशनाथ गंगोललाई नियुक्त गरेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा गंगोललाई शुक्रवार उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा डा गंगोललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रतिष्ठानको उपकुलपतिका लागि समितिले डा गंगोलसहित प्राडा अनिलकुमार मिश्र र प्राडा दानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण