Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतबाट आएका ५२ जनामा देखियो कोरोना संक्रमण

भारतबाट आएका ५२ जनामा देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा भारतबाट आएकाहरुमध्ये एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सरकारले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीब्र रुपमा बढ्न थालेपछि नेपाल भित्रिने सीमा नाकामा हेल्थ डेस्क राखेर परीक्षण गर्ने काम शुरु गरेको छ । त्यही क्रममा गत २४ घण्टामा विभिन्न नाकामा गरी ६०२ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गड्डाचौकी नाकामा २१८ जनामा परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी जमुनाहा नाका बाँकेको हेल्थ डेस्कमा १० जनाको एन्टिजेन परीक्षण गरेकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने त्रिनगर नाकाको हेल्थ डेस्कमा ३७२ जनाको परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारले भारतमा कोरोना संक्रमण बढ्दा खुला सीमानाका कारण नेपालमा पनि जोखिम हुने भन्दै चैत ६ गतेदेखि नाकाहरुमा नेपाल भित्रिनेको एन्टिजेन परीक्षण गर्न शुरु गरेको हो । त्यस यता नेपाल प्रवेश गर्ने ७ हजार ५६६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा हालसम्म ३२४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाका कारण काम पाउन मुश्किल हुने र विद्यालय -कलेज पनि बन्द भएकाले धेरै नेपालीहरु घर फर्किने क्रम बढेको छ । यसरी फर्किनेमा सुदूरपश्चिम प्रदेशका धेरै छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार