भारतबाट आएका ५२ जनामा देखियो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा भारतबाट आएकाहरुमध्ये एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सरकारले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीब्र रुपमा बढ्न थालेपछि नेपाल भित्रिने सीमा नाकामा हेल्थ डेस्क राखेर परीक्षण गर्ने काम शुरु गरेको छ । त्यही क्रममा गत २४ घण्टामा विभिन्न नाकामा गरी ६०२ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गड्डाचौकी नाकामा २१८ जनामा परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी जमुनाहा नाका बाँकेको हेल्थ डेस्कमा १० जनाको एन्टिजेन परीक्षण गरेकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने त्रिनगर नाकाको हेल्थ डेस्कमा ३७२ जनाको परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सरकारले भारतमा कोरोना संक्रमण बढ्दा खुला सीमानाका कारण नेपालमा पनि जोखिम हुने भन्दै चैत ६ गतेदेखि नाकाहरुमा नेपाल भित्रिनेको एन्टिजेन परीक्षण गर्न शुरु गरेको हो । त्यस यता नेपाल प्रवेश गर्ने ७ हजार ५६६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा हालसम्म ३२४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाका कारण काम पाउन मुश्किल हुने र विद्यालय -कलेज पनि बन्द भएकाले धेरै नेपालीहरु घर फर्किने क्रम बढेको छ । यसरी फर्किनेमा सुदूरपश्चिम प्रदेशका धेरै छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण