Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप २८८ जनामा कोरोना पुष्टि, १२७ संक्रमित संक्रमणमुक्त

थप २८८ जनामा कोरोना पुष्टि, १२७ संक्रमित संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २८८ जनामा कोरोना पोजटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । उता आज १२७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत अर्थात २ लाख ७३ हजार ७३५ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हालसम्म ३ हजार ३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले कोरोनाको आशंकाकमा देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ८४ रहेको छ ।

हाल देशभर २६ सय १५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार