थप २८८ जनामा कोरोना पुष्टि, १२७ संक्रमित संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २८८ जनामा कोरोना पोजटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । उता आज १२७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत अर्थात २ लाख ७३ हजार ७३५ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हालसम्म ३ हजार ३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले कोरोनाको आशंकाकमा देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ८४ रहेको छ ।
हाल देशभर २६ सय १५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा