कोरोना त्रास : भारतका १२ राज्यमा कतै लकडाउन त कतै नाइट कर्फ्यू
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि सरकारले १२ राज्यमा कतै लकडाउन त कतै नाइट कर्फ्यूु लगाएको छ ।
यही क्रममा धेरै संक्रमण देखिएका महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, पंजाब र दिल्लीमा नाइट कर्फ्यू लगाइएको छ । उता गुजरात, उत्तर प्रदेश, छत्तीसगढ, झारखण्ड, ओडिसा लगयातका राज्यमा आशिंक तथा सम्पूर्ण लकडाउन गरिएको छ । उत्तर प्रदेशका कयौं शहरहरुमा अप्रिल ८ देखि नाइट कर्फ्यू लगाइएको छ ।
कोरोनाको दोस्रो लहरले यतिबेला भारतमा महासंकट आइपरेको छ । अस्पतालहरुमा बेडको अभाव हुन थालेको भन्दै सरकारले ५० प्रतिशत बेड अनिवार्य रुपमा कोरोना संक्रमितको लागि छुट्याउन सबै अस्पताललाई निर्देशन दिएको छ ।
भारतमा एकातिर कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ भने अर्कोतिर कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । गत २४ घण्टामा मात्र त्यहाँ १ लाख ३१ हजार बढी नयाँ संक्रमति थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ ।
यसैगरी गत २४ घण्टामा ८ सय बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै