Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा हालसम्म २३ लाखभन्दा बढीले गरे पीसीआर परीक्षण

सरकारी ल्याबबाट परीक्षण गर्नेको संख्या १४ लाख ८५ हजार २१४

नेपालमा हालसम्म २३ लाखभन्दा बढीले गरे पीसीआर परीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा हालसम्म २३ लाख २ हजारभन्दा बढीले कोरोनाको आशंकामा पीसीआर परीक्षण गराएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म देशभरका ८४ वटा ल्याबबाट कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउनेको संख्या २३ लाख २ हजार १७३ पुगेको छ । परीक्षण गराएकामध्ये २ लाख ७९ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा शुरुमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर परीक्षण गर्न शुरु गरिएको थियो । पछि यसलाई विस्तार गर्दै हाल देशभर नीजी र सरकारी गरी ८४ वटा ल्याबबाट कोरोनाको पीसीआर विधिबाट परीक्षण हुँदै आएको छ । ती मध्ये ४८ वटा सरकारी ल्याब रहेका छन् भने ३६ वटा नीजि रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म सरकारी ल्याबबाट १४ लाख ८५ हजार २१४ जनाको पीसीरआ परीक्षण गरिसकिएको छ ।

उता नीजि ल्याबहरुले ८ लाख १६ हजार ९५९ जनाको पीसीआर परीक्षण गरेका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ३ हजार ३८ जनाको मृत्यु भएको छ । संक्रमण भएर निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ सय ५४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार