नेपालमा बढ्दैछन् कोरोना संक्रमित : आज ३३२ जना थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
दैनिक एक सय भन्दा कममा झरेको कोरोना संक्रमितको संख्या अहिले प्रत्येक दिन बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३२ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो पीसीआर र एन्जिेन गरी ३३९ जनामा कोरोना पुष्टि भएको थियो ।
भारतमा कोरोना संक्रमण उच्च भएका बेला नेपालमा पनि संक्रमण दर बढ्न थालेको हो । भारतबाट आउनेहरुमा धमाधम संक्रमण पुष्टि भइरहेको छ । हालसम्म नेपालमा २ लाख ७९ हजार १ सय जनामा कोरोना पुष्टि भइसकेको छ भने ३ हजार ३८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
अहिले देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ७७ रहेको छ । सक्रिय संक्रमितको संख्या बढेर २४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा