पछिल्लो २४ घण्टामा ३३९ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय जनाको पीसीआर परीक्षण गर्दा २९८ जनामा र एन्टिजेनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ । उता गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।
हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या २२ सय १ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा