आजदेखि चीनले अनुदानमा दिएको खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि चीनले अनुदानमा दिएको खोप लगाउन सुरु गरेको छ । चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप काठमाडौं उपत्यकासहित रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटमा गरी २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।
यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरु हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् । यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप लगाउन पाउने छन् ।
यसका साथै यसअघि खोप लगाउन छुटेका आकस्मिक सेवाका कर्मचारीलाई पनि खोप दिइने जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा