नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर २ हजार नजिक पुग्यो
आज २६० जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जना संक्रमित थपिएका हुन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १९ सय ७९ पुगेको छ ।
केही समयअघि ५ सयको हाराहारीमा रहेको सक्रिय संक्रमितको संख्या एक साता यता बढेर २ हजारको हाराहारीमा पुगेको हो । यसैगरी आज ११३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु संख्या भने शुन्य रहेको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । उता कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३६ रहेको छ ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ ।
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक