कोरोना संक्रमण बढे पनि अब सरकार लकडाउन गर्ने पक्षमा छैन् : स्वास्थ्यमन्त्री
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले कोरोना संक्रमण बढ्न सक्ने संकेत गर्दै कोरोना बढे पनि सरकार यसपटक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा भएको नेपाल स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री त्रिपाठीले सरकारले कोरोना संक्रमितको संख्या बढे पनि लकडाउन नै गर्नेबारे भने नसोचेको बताएका हुन् । मन्त्री त्रिपाठीले लकडाउन मात्रै समस्याको समाधान नभएको भन्दै यसअघि लकडाउन गर्दा सर्वसाधारणले भोगेको समस्याबाट पाठ सिक्दै कोरोना संक्रमण रोक्न अन्य अस्त्र प्रयोग गरिने तर लकडाउन गरेर देशको अर्थतन्त्र ध्वस्त पार्ने काम नगर्ने बताए ।
उनले भने, ‘यसभन्दा अघि हामीले लकडाउन गर्दाको परिणाम अहिले देखिंदैछ, साथै अब हामीसँग कोरोना कसरी नियन्त्रण गर्ने भन्नेबारेमा अनुभव पनि भइसकेको छ । ती अनुभवका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, नाकाहरुमा कडाई गर्ने र परीक्षणलाई बढाउने तर्फ ध्यान दिइनेछ ।’
भारत, बंगलादेश लगायतका छिमकी देशहरुमा कोरोना संक्रमण बढेको हिसाबले हेर्दा नेपालमा पनि संक्रमण एकपटक बढन सक्ने कुरालाई मध्यनजर गर्दै सरकार तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए । उनले भने, ‘अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन् तर सबैले सावधानीचाहिं अपनाउनैपर्छ ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण