कोरोना त्रास: अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढ्नसक्ने भन्दै सरकारले काठमाडौं उपत्यका भित्रिनेको एन्टिजेन परीक्षण गर्ने भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड – १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । त्यसका लागि एन्टिजेन किट सम्बन्धित स्वास्थ्य कार्यालयले उपलब्ध गराउने र हेल्थ डेस्कलाई सक्रिय बनाउने निर्णय भएको छ । एन्टिजेनमा नेगेटिभ देखिए पनि कोरोना जस्तै लक्षण देखिएमा भने पीसीआर परीक्षण समेत गरिनेछ ।
भारतमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले नाकाहरुमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन तथा क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न पत्र पठाइसकेको छ । यसका साथै बैठकले समूहमा हुने भेला, सम्मेलन जस्ता कार्यक्रम नगर्न समेत आग्रह गरेको छ । साथै स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै