Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना त्रास: अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने

कोरोना त्रास: अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढ्नसक्ने भन्दै सरकारले काठमाडौं उपत्यका भित्रिनेको एन्टिजेन परीक्षण गर्ने भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड – १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । त्यसका लागि एन्टिजेन किट सम्बन्धित स्वास्थ्य कार्यालयले उपलब्ध गराउने र हेल्थ डेस्कलाई सक्रिय बनाउने निर्णय भएको छ । एन्टिजेनमा नेगेटिभ देखिए पनि कोरोना जस्तै लक्षण देखिएमा भने पीसीआर परीक्षण समेत गरिनेछ ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले नाकाहरुमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन तथा क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न पत्र पठाइसकेको छ । यसका साथै बैठकले समूहमा हुने भेला, सम्मेलन जस्ता कार्यक्रम नगर्न समेत आग्रह गरेको छ । साथै स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि