Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा एकैदिन थपिए एक लाख बढी नयाँ संक्रमित

भारतमा एकैदिन थपिए एक लाख बढी नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन एक लाख बढी कोरोनाका नयाँ संक्रमिथ थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७८ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो तीन साता यता कोरोनाको दोस्रो लह तीब्र रुपमा फैलिरहेको छ । एक महिनकोबीचमै त्यहाँ साढे ५ लाख नयाँ संक्रमित थपिएका छन्। यसैगरी यही एक महिनामा ७ हजार ५५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा फेब्रुअरीमा दैनिक १० हजारमा झरेको संक्रमितको संख्या अलिे अप्रिलमा आएर दैनिक एक लाखमा उकालो लागेको छ । भारतका ५ राज्य महाराष्ट्र, छत्तीसगढ, कर्नाटक, दिल्ली र उत्तर प्रदेश सबै भन्दा बढी प्रभावित भएका छन्।

थप समाचार