नेपाल स्वास्थ्य सम्मेलन -२०७७ हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपालमा राष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य सम्मेलन २०७७ नामक उक्त सम्मेलन ‘आरोग्यदा : स्वस्थ जीवनका लागि सबैको साथ’ भन्ने नाराका साथ यही चैत २४ गते मंगलबार हुन लागेको हो । सम्मेलन त्रिकाल प्रडक्सनको आयोजनामा अमेरिकी राजदूतावासको युवा परिषदभित्र रहेको स्वास्थ्यकर्मीहरुको समूह सप्ताह आजीवनद्धारा गर्न लागिएको हो ।
आइतबार सम्मलेनकाबारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा त्रिकाल प्रडक्सनका प्रमुख विशाल घोषले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चूनौतिलाई उजागर गर्दै यसमा परिवर्तन ल्याएर स्वस्थ जीवनका लागि हातेमालो गर्न यो सम्मेलन आयोजना गरिएको बताए । उनले प्रत्येक व्यक्तिलाई स्वस्थ जीवन जिउन पाउने अधिकार हुँदाहुँदै पनि कतिपय अवस्थामा यो अधिकारको हनन भइरहेको कुरा मनन गर्दै यो सम्मेलनले स्वास्थ्यले विविध क्षेत्रमा पार्ने असर र प्रभावलाई एकीकृत गरी अझ राम्रो र स्वस्थ नेपालको पुन निर्माणमा योगदान पुर्याउने विश्वास लिएको जनाए ।
सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका जनस्वास्थ्य विज्ञहरुलाई एकै थलोमा ल्याएर स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौति तथा कमजोरी माथि छलफल गर्ने प्रयास गरिएको र यसले स्वास्थ्यको चेतना अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास लिएको कार्यक्रम संयोजक प्रकृति ढकालले जनाइन्।
सम्मेलनमा स्वास्थ्य साक्षरता सबैको एजेन्डा, कोभिड १९ को महामारी र दिगो विकास लक्ष्य, स्वास्थ्य नीति, स्वस्थ नेपालका लागि मिडियाको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा