Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावललाई नियुक्त गरेको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा रावललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। सर्च कमिटिले तीन जनाको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री ओलीले रावललाई उपकुलपतिमा चयन गरेका हुन्। डा रावल प्रतिष्ठान अन्तर्गतको अस्पतालको निर्देशकको रुपमा कार्यरत थिए ।

उता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार