Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘चीनले अनुदानमा दिएको कोरोना खोप चैत २५ गतेदेखि लगाउन सुरू गरिने’

‘चीनले अनुदानमा दिएको कोरोना खोप चैत २५ गतेदेखि लगाउन सुरू गरिने’

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप यही चैत २५ गतेदेखि लगाउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चैत २५ गतेदेखि खोप दिने तयारी भएको बताए। उनले भने, ‘अहिलेलाई काठमाडौं उपत्यकाबाट २५ गतेदेखि खोप दिने तयारी भएको छ । त्यसका लागि अस्पतालहरु छिट्टै तोकिने छ ।’

डा गौतमले यो चाइनिज खोप पढाइ, रोजगार, व्यापार तथा अन्य कामको शिलशिलामा चीन जाने आउने गरिरहन पर्ने समूहलाई प्राथमिकतामा राखेर दिन लागिएको बताएका छन्। उनले चीनमा धेरै काम परिरहने समूह र यसअघि आकिस्मक सेवा अन्तर्गतको सेवामा काम गर्ने कर्मचारी जो खोप लगाउन छुटेका थिए उनीहरुलाई लगाइने बताए ।  बाँकी रहेमा भने अन्य ४० देखि ५९ वर्षसम्मका समूहलाई खोप दिइनेछ ।

चीन सरकारले नेपाललाई  गत साता सहयोग स्वरुप वेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ – २ भ्याक्सिन (भेरोसेल) खोप हस्तान्तरण गरेकाे थियो । उक्त खोप नै अहिले दिन लागिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार