Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा छैटौं कलेजो प्रत्यारोपण, बाबुलाई छोरीले दिइन् कलेजो

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा छैटौं कलेजो प्रत्यारोपण, बाबुलाई छोरीले दिइन् कलेजो

हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

केन्द्रका निर्देशक डा प्रेमराज  ज्ञवालीका अनुसार भक्तपुरका ४४ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरिएको हो । उनलाई उनकी छोरीले कलेजो दिएकी हुन्। नेपालमा अंग दान गरेर आफन्त बचाउनेमा महिला अगाडी छन्।

डा ज्ञवालीले प्रत्यारोपण केन्द्रमा गरिएको यो छेटौं प्रत्यारोपण भएको बताए । अहिलेसम्म नेपालमा ३ वटा अस्पतालमा गरेर १२ जनामा कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालमा ५ जनाको, मानव अंग प्रत्यारोपण केन्द्रमा ६ जनाको र उपत्यकाबाहिर चितवन मेडिकल कलेजमा एक जनाको कलेजो प्रत्यारोपण भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार