Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा देशभर थपिए १२८ संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थपिए १२८ संक्रमित, एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२८ जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उता कोरोना संक्रमणबाट आज एक जना संक्रमितको मृत्यु भएपछि कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३२ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १६१ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ सय १३ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार