पछिल्लो २४ घण्टामा देशभर थपिए १२८ संक्रमित, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२८ जना कोरोना संक्रमित थपिएका हुन्।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उता कोरोना संक्रमणबाट आज एक जना संक्रमितको मृत्यु भएपछि कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३२ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १६१ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ सय १३ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा