Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा थपिए १७९ संक्रमित, १११ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १७९ संक्रमित, १११ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ सय ४७ पुगेको छ । उता गत २४ घण्टामा १११ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ । अहिले पनि देशका विभिन्न स्थानमा बनेको क्वारेन्टाइनमा रहनेको संख्या ६१ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार