Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा ४३ जनाको पीसीआर गर्दा ७ जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा ४३ जनाको पीसीआर गर्दा ७ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ बाँके :  बाँकेको भेरी अस्पतालमा गत २४ घण्टामा कोरोनाको आंशकामा ४३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अस्पतालले सूचना जारी गर्दै पछिल्लो २४ घण्टामा ४३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेको छ । यसरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४ जना, बर्दियाका २ जना र १ जना सुर्खेतका रहेका छन्।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना फैलिन थालेपछि धेरै नेपालीहरु घर फर्किरहेका छन्। यसरी फर्किने नेपालीहरुम धमाधम कोरोना पोजेटिभ देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले नाकामा कडाइ गर्ने, शंका लागेमा परीक्षण गर्ने र होम आइसोलेसनमा बस्न आग्रह गर्ने काम गर्दै आएको छ ।

भारतसँगको खुला सिमानाका कारण नेपाल यतिबेला संक्रमणको उच्च जोखिममा रहेको भन्दै विज्ञहरुले सावधानी अपनाउन सल्लाह दिइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार