भेरी अस्पतालमा ४३ जनाको पीसीआर गर्दा ७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेको भेरी अस्पतालमा गत २४ घण्टामा कोरोनाको आंशकामा ४३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
अस्पतालले सूचना जारी गर्दै पछिल्लो २४ घण्टामा ४३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेको छ । यसरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४ जना, बर्दियाका २ जना र १ जना सुर्खेतका रहेका छन्।
पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना फैलिन थालेपछि धेरै नेपालीहरु घर फर्किरहेका छन्। यसरी फर्किने नेपालीहरुम धमाधम कोरोना पोजेटिभ देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले नाकामा कडाइ गर्ने, शंका लागेमा परीक्षण गर्ने र होम आइसोलेसनमा बस्न आग्रह गर्ने काम गर्दै आएको छ ।
भारतसँगको खुला सिमानाका कारण नेपाल यतिबेला संक्रमणको उच्च जोखिममा रहेको भन्दै विज्ञहरुले सावधानी अपनाउन सल्लाह दिइरहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा