आजदेखि १२ जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले हात्तीपाइले रोग निवारणका लागि आजदेखि १२ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम शुरु गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगको उच्च जोखिममा रहेका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आम औषधि सेवन कार्यक्रम संचालन गर्न लागेको हो ।
महाशाखाका निर्देशक डा कृष्ण पौडेलले हात्तीपाइले रोग प्रभावित जिल्लाहरुमा आजदेखि औषधि खुवाइने कार्यक्रम रहेको भन्दै सबैलाई ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरेका छन्। उनले औषधि सुरक्षित रहेको भन्दै हात्तीपाइले रोग लागिसकेपछिनिको पार्न नसकिने हुँदा औषधिको सेवन गरेर ढुक्क हुन आग्रह समेत गरे ।
यो वर्ष १२ जिल्लामा ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको महाशाखाले जनाएको छ ।
हात्तीपाइले रोग मानिसलाई अशक्त तथा अपांगबनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो जुका जस्तै परजीवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र लक्षणहरु देखिन्छन् । लक्षण देखिएपछि भने निको हुँदैन्। यो रोग लाग्नै नदिनका लागि सरकारले शुरु गरेको आम औषधि सेवन कार्यक्रम अन्तर्गत नियमित ६ पटकसम्म औषधि खानुपर्दछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा