देशभर थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज देशभर १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ३ हजार ९१९ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसैगरी आज मात्रै ५९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।
उता कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३० जनाको मृत्यु भएको छ भने अहिले १३ सय ९० जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा