स्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त अध्यक्ष बरालद्धारा पदभार ग्रहण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष लगायतका पदाधिकारी एवं सदस्यहरुले आज पदभार सम्हालेका छन्।
परिषदले आयोजना गरेको एक कार्यक्रमकाबीच नवनियुक्त अध्यक्ष प्राडा गेहनाथ बराल लगायतका पदाधिकारी एवं सदस्यहरुले पदभार सम्मालेका हुन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष डा गेहनाथ बरालले स्वास्थ्य अनुसन्धान परिषले पछिल्लो समय निकै महत्वपूर्ण अनुसन्धानमूलक कामहरु गरेको भए पनि यसलाई अझै प्रदेश र स्थानीय स्तरमा लैजानपर्नेमा जोड दिए । उनले कलेज तथा विश्वविद्यालयसँग समन्वय गर्दै यसलाई स्वास्थ्यको प्राज्ञिक थलो बनाउनमा आफू लागिपर्ने प्रतिवद्धता जनाए।
यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य अनुसन्धान परिषदले कोभिडका बेला आफूलाई चिनाउने काम गर्न सफल भएको भन्दै अझै यसको गुणस्तरमा ध्यान दिंदै अघि बढ्नुपर्नेमा जोड दिए ।
उता परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले परिषदले स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने र गराउने कामलाई तिब्रता दिंदै अघि बढेको बताए । उनले अब सातै प्रदेशमा यसको शाखा बिस्तार गर्दै लाने समेत जनाए । गत बिहिबार मन्त्रीपरिषदको बैठकले रिक्त रहेको परिषदको अध्यक्ष, उपाध्यक्ष लगायतका पदहरुमा डा गेहनाथ बरालको अध्यक्षतामा अन्य ४ जना सदस्यहरु पनि नियुक्त गरेको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित