हरियाणाको अस्पतालमा एकैपटक २२ जना डाक्टरमा देखियो कोरोना, खोप लगाइसकेका पनि संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा यतिबेला दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यही क्रममा मंगलबार भारतको हरियाणास्थित एक अस्पतालमा एकैपटक २२ जना डाक्टरमा कोरोना संक्रमण देखिएको छ ।
हरियाणा रोहतकको पीजीआई अस्पतालको स्त्री तथा प्रसूती वार्डमा कार्यरत २२ जना डाक्टरमा कोरोना संक्रमण देखिएपछि पूरै वार्ड सिल गरिएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।
एकैपटक ठूलो संख्यामा डाक्टरमा संक्रमण भएपछि उक्त सेवा केही समयका लागि बन्द गर्दै आकस्मिक रुपमा आउने प्रसूती मात्र इमरजेन्सीमा भर्ना गरेर हेर्ने भन्दै अस्पतालले सूचना समेत जारी गरेको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये ४ जना डाक्टरले यसअघि नै कोरोना विरुद्धको खोप लिइसकेका थिए ।
भारतमा पछिल्लो समय मुम्बई, दिल्ली, पञ्जाब, हरियाणा लगायतका शहरहरुमा कोरोना तीब्र रुपमा फैलिरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण