पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । गत २४ घण्टामा ११५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
केही दिन यता कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । अहिले देशभर १३ सय ९० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा