अस्पतालमै बिरामीसँग मनाए स्वास्थ्यकर्मीले होली
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बिरामीसँग होली मनाएका छन्।
आइतबार परेको होलीमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीले आ- आफनो वार्डमा भर्ना भएका बिरामी र बिरामीका आफन्तलाई टिका लगाइदिएर होली मनाएका हुन।
उनीहरुले बिरामीको निधार खाली किन गर्ने भन्ने लागेर सम्मानपूर्वक उनीहरुलाई रंग लगाइदिएर होलीको शुभकामना आदानप्रदान गरेको जनाएका छन्। बिरामी आफनो परिवार जस्तै भएकाले परिवारसँग होली मनाउन पाउँदा खुशी लागेको उनीहरुको भनाई छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा