चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीन सरकारले नेपाललाई अनुदान स्वरुप दिएको आठ लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।
उक्त ८ लाख डोज खोप नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० को जहाजबाट आज बिहान काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।
चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।
आज चीनबाट प्राप्त भएको खोप कसलाइ कसरी दिने भन्नेबारेमा छलफल गरेर टुंग्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा