नेत्रज्योति संघ ४३ औं वर्षमा प्रवेश, आँखा सेवा अझै विस्तार गर्दै लाने प्रतिवद्धता
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल नेत्रज्योति संघले आफ्नो ४३ औं वार्षिकोत्सव मनाएको छ । ‘अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी’ भन्ने नाराका साथ संघले वार्षिकोत्सव मनाएको हो ।
शुक्रबार दिवसको अवसरमा एक कार्यक्रम गर्दै संघले कोरोना महामारीमा आँखा सेवा ठप्प नपारेको भए पनि सेवा लिन आउनेको संख्या भने कम भएको जनाएको छ । कोरोनाका कारण भएको लकडाउन र त्यसले पारेको असरका कारण ३ \४ महिना सेवा प्रभावित भए पनि अहिले भने नियमित रुपमा सेवा शुरु भएको संघका अध्यक्ष डा चेतराज पन्तले जानकारी दिए । उनले कोरोना महामारीका कारण विशेष गरी भारतबाट आउने बिरामी आउन नसक्दा आँखाको शल्यक्रियामा ४५ प्रतिशतले र उपचार सेवामा लगभग ६० प्रतिशतले कमी आएको समेत जिकीर गरे । उनले यो वर्ष घटेको संख्या अब दुई गुणालाई सेवा दिनुपर्ने चुनौति थपिएको समेत जिकीर गरे ।
हाल नेत्रज्योति संघले २१ वटा आँखा अस्पताल र १२६ वटा आँखा उपचार केन्द्र मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा संघ मातहतका आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत ३३ लाख २३ हजार ४४ जनाले आँखाको उपचार गराएको र २ लाख ६५ हजार ९७८ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । तर सन् २०२० मा भने कोरोनाका कारण एक वर्षमा जम्मा १३ लाख १७ हजार ६३२ जनाले मात्र उपचार गराएको र १ लाख २१ हजार ३६२ जनाले आँखाको शल्यक्रिया गरेको संघले जनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पन्तले संघले आँखा स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको भए पनि अझै पनि धेरै काम गर्न बाँकी भएको बताए । उनले अबको ५ वर्षभित्र सबै स्थानीय तहसम्म आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य लिएको समेत जनाए । उनले भने, ‘आँखाको सामान्यदेखि एडभान्स प्रकारका सबै सेवा सर्वसाधारणको नजिकको स्वास्थ्य संस्थामा होस भन्ने हाम्रो चाहना हो । त्यसका लागि काम गर्नुपर्नेछ ।’ उनले अबको ५ वर्षमा सरकारसँग साझेदारी र समन्वय गर्दै ६७७ वटा आाँखा उपचार केन्द्र स्थापना गर्ने र २२ वटा आँखा उपचार केन्द्रलाई सेकेन्डरी लेबलको आँखा अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्य लिएको जिकीर गरे ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्यमा काम गर्ने गैर सरकारी संस्था भए पनि यसले नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा यो ४२ वर्षमा उल्लेखनीय काम गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण