आज थप १२० जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या १२१७
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२० जना संक्रमित थपिएका हुन्।
यसैगरी आज ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। आज थपिएका संक्रमित सहित देशभर कोरोना पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । यसैगरी यीमध्ये २ लाख ७२ हजार २७२ जना संक्रमणमुक्त भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ सय १७ रहेको छ । आजसम्म ३ हजार २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिले पनि कोरोनाको आशंकामा ५५ जना क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा