Health TV Online
Health TV Online
Health TV Online

भारतमा फेरी फैलिंदै कोरोना- ५ महिनापछि एकैदिन ५० हजार भन्दा बढीमा देखियो संक्रमण

भारतमा फेरी फैलिंदै कोरोना- ५ महिनापछि एकैदिन ५० हजार भन्दा बढीमा देखियो संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । ५ महिनापछि पहिलोपटक गत २४ घण्टामा ५० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी २५१ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन्। भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन्। यसैगरी दिल्ली, पंजाब, गुजरात जस्ता शहरहरुमा पनि फेरी एकपटक कोरोना संक्रमण तीब्र रुपमा बढेको बताइएको छ ।

भारतका धेरै स्थानमा फैलिंदो कोरोना संक्रमणका कारण पूरा तथा आशिंक लकडाउन गर्न थालिएको छ । यसका साथै सरकारले कोरोना खोप अभियानलाई पनि अघि बढाइरहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार