सामूहिक रुपमा होली नखेल्न सर्वसाधारणलाई काठमाडौं प्रशासनको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसपटक भिडभाडमा गएर सामूहिक रुपमा होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेपछि काठमाडौंमा पनि सतर्कता अपनाउनुपर्ने भन्दै प्रशासनले होली समूहमा नखेल्न तथा घरभित्रै मनाउन आग्रह गरेको हो ।
काठमाडौं प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय भारतमा संक्रमणको दर उच्च हुँदै गएको र त्यसको असर खुला सीमा नाका भएका कारण प्रत्यक्ष रुपमा नेपालमा पर्ने भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको हो ।
घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न तथा सेनिटाइजरको प्रयोग नियमित गर्न समेत प्रशासनले सबैलाई आग्रह गरेको छ । सार्वजनिक स्थलमा मास्क नलगाउने तथा जनस्वास्थ्यका अन्य मापदण्ड पूरा नगर्नेलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।
रंगहरुको पर्व होली यही चैत १५ गते आइतबार परेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा