Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेमा कोरोना सतर्कता : भारतबाट आउने १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने

बाँकेमा कोरोना सतर्कता : भारतबाट आउने १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने

हेल्थ टिभी अनलाइन \बाँके : भारतमा कोरोना संक्रमण फेरी बढेपछि बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिने सबैलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले भारतबाट आउने सबैले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्दै होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हो । यसैगरी आज बसेको बैठकले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस अघि बनाइएका सबै स्थानका क्वारेन्टाइन एवं आइसोलेसन कक्षलाई तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ ।

नाकामा सबैको एन्टिजेन परीक्षण गरिने र त्यहाँ शंका लागेमा क्वारेन्टाइनमा पठाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए । उनले बाँके भारतसँग सीमा जोडिएको जिल्ला भएका कारणले पनि बढी जोखिम रहेकाले आवश्यक तयारी गरिरहेको जनाए । उनले उच्च सतर्कता अपनाउँदै सीमामा कडाई गरिरहेको समेत जिकीर गरे ।

अत्यावश्यक काम बाहेक सीमावर्ती क्षेत्रमा अबदेखि आवतजावत गर्न समेत रोक लगाइएको छ । यसैगरी यसअघि खुलेका विद्यालय, कलेज तथा सार्वजनिक कार्यालयमा मास्कको अनिवर्या प्रयोग, सामाजिक दूरी कायम गर्न र सेनिटाइजरको प्रयोग गर्न गराउन आग्रह गरिएको छ ।

भारतमा कोरोनाको दोस्रो कहर देखिन थालेपछि नेपालमा पनि त्यसको असर पर्ने भन्दै उच्च सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिंदै आइरहेका छन्।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?