पछिल्लो २४ घण्टामा देशभर १४५ संक्रमित थपिए, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । यसैगरी आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।
उता हालसम्म २ लाख ७२ हजार १८७ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। अहिले देशभर ११ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा