पछिल्लो २४ घण्टामा देशभर थपिए १५० संक्रमित, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज १५० संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । यीमध्ये २ लाख ७२ हजार २० जना कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।
आज एकैदिन देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ । उता सक्रिय संक्रमितको संख्या पनि बढेर १ हजार १७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा