Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘बच्चामा डाउन सिन्ड्रोम छ की छैन् भन्ने आमाको पेटमै हुँदा पत्ता लाग्छ’

‘बच्चामा डाउन सिन्ड्रोम छ की छैन् भन्ने आमाको पेटमै हुँदा पत्ता लाग्छ’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कुनै पनि बच्चामा डाउन सिन्ड्रोम छ की छैन् भन्ने विशेष परीक्षण गरेर आमाको पेटमै भएकै बेला पत्ता लगाउन सकिने विज्ञहरुले बताएका छन्। आइतबार विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा नोभा इन्टरनेशनल डायग्नोष्टिकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।

कार्यक्रममा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले डाउन सिन्ड्रोम एक विशेष प्रकारको वंशाणुगत अवस्था भएकाले उक्त अवस्थाका वारेमा बच्चा आमाको गर्भमा रहेका बेला परीक्षण गरेर पत्ता लगाउन सकिने बताइन्। उनले नेपालमा पहिले यो परीक्षण उपलब्ध नभएकाले धेरैले भारत वा अन्य देशमा गएर परीक्षण गर्नुपर्ने भए पनि अहिले भने यो परीक्षण नेपालमै उपलब्ध भएको जानकारी दिइन्। उनले भनिन, ‘डाउन सिन्ड्रोम कसलाई र किन हुन्छ भन्ने कुरा अझै पनि स्पष्ट कारण पत्ता लागिसकेको छैन्। यो क्रोमोजोममा आएको एक सिसिमको कमजोरी हो र जसलाई पनि हुनसक्छ । अर्को कुरा यो रोग होइन एउटा विशेष अवस्था मात्र हो, त्यसैले यसको कुनै उपचार छैन् उनले थपिन्। यस्ता बच्चामा बौद्धिक अपांगता हुन्छ भने शारीरिक रुपमा पनि फरक देखिन्छन्।

नेपालमा डाउन सिन्ड्रोमका बारेमा अझै पनि जनचेतनाको कमी रहेको र जसका कारण आमाहरुले डाउन सिन्ड्रोम बच्चा जन्माउन बाध्य भएको उनले जिकीर गरिन ।  नेपालमा अहिलेसम्म कति डाउन सिन्ड्रोमका बच्चा छन् भन्ने एकिन तथ्यांक समेत नभएको डा ठाकुर बताउँछिन्।

कार्यक्रममा डाउन सिन्ड्रोम एशोसिएसन नेपालकी अध्यक्ष डा ललिता जोशीले डाउन सिन्ड्रोमका बच्चाहरुको संख्या हरेक वर्ष बढ्दै गएको बताइन्। उनले डाउन सिन्ड्रोम हुनै नदिन नसकिने भए पनि आफ्नो बच्चामा डाउन सिन्ड्रोम छ छैन् परीक्षण गर्न सकिने र त्यस अनुरुप व्यवस्थापन गर्न सकिने जनाइन्। उनले डाउन सिन्ड्रोम भएका बच्चाहरुलाई विशेष केयर चाहिने भन्दै उनीहरुलाई पनि अन्य नागरिक सरह स्वतन्त्रपूर्वक बाँच्नका लागि विशेष तालिम तथा उचित वातारणको आवश्यक पर्ने बताइन्।

कार्यक्रममा नोभा इन्टरनेशनलका ल्याब प्रमुख सन्दीप थापाले डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था भएकाले यसलाई शुरुमै पत्ता लगाउन सकिने र त्यसका लागि विशेष प्रकारको जेनेटिक टेस्ट गर्नुपर्ने जनाए । उनले नोभामा उक्त परीक्षण आफूहरुले गरिरहको समेत जानकारी दिए । डाउन सिन्ड्रोम भएका बच्चाहरुमा साधारण बच्चामा भन्दा एउटा क्रोमोजोम बढी हुन्छ । त्यसैले पनि यस्ता बच्चालाई बढी केयर र हेरचाह चाहिन्छ उनले भने।

डाउन सिन्ड्रोम भएका बच्चाहरुमा अनेकौं स्वास्थ्य समस्याहरु देखिने गर्छ जसले गर्दा परिवारको अन्य सदस्यले पनि बढी समय दिनुपर्ने हुन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै